दोहा – कोरोना संक्रमणलाई मध्यनगर गर्दै गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक हप्तासम्म नेपाली श्रमिकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ।
कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद आगामी जनवरी २२ देखि २८ तारिखसम्म नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।
नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने अध्यक्ष मुसलमानले बताए ।