December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

ओएनएफ यूकेद्धारा नेम्बाङको निधनप्रति श्रद्धान्जली व्यक्त

1.3K

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको असमायिक निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ । ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा बिहिबार जुम मार्फत शोक प्रस्ताव पारित गर्दै श्रद्धान्जली व्यक्त गरेको हो ।

उक्त शोक सभामा स्वर्गीय नेम्बाङले प्रवासी र गैरआवासीय नेपालीहरुको लागि खेलेको भुमिकाको सम्झना वक्ताहरुले गरेका थिए । उनीहरुले एमाले पार्टी र नेपाली राजनीतिकमा एक असल र समन्वयकारी भुमिका खेल्ने नेताको निधनले नेपाली राजनीतिमा क्षति पुगेको बताएका थिए ।

सभामा ओएनएफका पुर्वअध्यक्षहरु अलकल जंग लामा, दिनेश घिमिरे, रामशरण सिंखडालगायत उपस्थित रहेको सचिव पुण्य रेग्मीले जानकारी दिए ।

Advertisement

स्वर्गीय नेम्बाङले एनआरएनएका मुद्दाहरुलाई सम्बोधन गर्न सरकारका तर्फबाट विशेष पहल गरेका थिए । कार्यक्रम सुरु हुनुअघि स्वर्गीय नेम्बाङप्रति एक मिनेट मौनधारण गरिएको थियो । बालुवाटारस्थित निवासमा हृदयघातपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै बीच बाटोमै उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।