March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौं महाधिवेशनद्वारा अध्यक्षमा पुरुषोतम सुनुवार

4.8K

कतार |गत ८ जनवारी २०२१ शुक्रबारको दिन संपन्न भएको नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौं महाधिवेशनले अध्यक्षमा पुरुषोतम सुनुवारलाई चयन चयन गरेको छ।

कार्यक्रम संस्थाका अध्यक्ष शिब कुमार भुजेलको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्र नेपालका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा, नेफिन केन्द्रका बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्यालको विशेष आतिथ्यमा, नेफिन कतारका प्रमुख सल्लाहकार देवराज राई, बिशेष सल्लाहकार सियाराम चौधरी, संस्थापक तथा सल्लाहकार बिल बहादुर गुरुङ, सुक बहादुर तामाङ साथै सल्लाहकार सदस्यहरु, एनआरएनए एनसीसी कतारका कार्यवाहक अध्यक्ष उतम गुरुङ, विदेश स्थित बिभिन्न देशका नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्षज्यूहरुको बिशेष आतिथ्यमा नेफिन कतारमा आवद्ध विभिन्न मातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत धेरै आदिवासी जनजातिहरुको उपस्थितिमा जूम भर्चुवल मार्फत संपन्न भएको हो ।

दिप प्रज्वलनबाट उत्घाटन भएको उक्त कार्यकममा सहभागी सम्पूर्णलाई संस्थाका प्रथम उपाध्यक्ष पुरुषोतम सुनुवारले स्वागत मन्तब्यले स्वागत गरेका थिए। कार्यक्रमका विशेष अतिथि नेफिन केन्द्रका विदेश बिभाग प्रमुख गोबिन्द छन्त्यालले अहिलेको बर्तमान अवस्थामा हामि आदिवासी जनजातिहरुले राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक क्षेत्रबाट ससक्त हुनु पर्ने, देश बिदेशमा रहेका आदिवासीहरु एक्यबद्ध भएर आगाडी बढ्नु पर्ने कुरामा जोड दिदै पुरानो कार्यसमितिका अध्यक्ष शिब कुमार भुजेलको नेतृत्वको कार्यकाललाई धन्यवाद ज्ञापन गर्दै
नयाँ बन्ने निर्वाचित कार्यसमितिलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

Advertisement

त्यस्तै शुभकामना मन्तब्य राख्ने क्रममा नेफिन कतारका सल्लाहकार समितिको तर्फबाट प्रमुख सल्लाहकार देवराज राई, एनआरएनए एनसीसी कतारका कार्यवाहक अध्यक्ष उतम गुरुङ, विदेश स्थित नेफिन युएईका अध्यक्ष महेस मुक्तान, बहराईन अध्यक्ष झहर थुप्पुको थेबे, इजरायलका अध्यक्ष पेम्बा डोल्मा होल्मो, बेलायतका अध्यक्ष जंग सुनुवार, बेल्जियमका अध्यक्ष बाबुराजा लामा, नेफिन कतारमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुबाट शुभकामना मन्तब्य राखेका थिए।

उक्त आठौं महाधिवेशनबाट कार्यसमितिमा अध्यक्ष पुरुषोतम सुनुवार, बरिष्ठ उपाध्यक्ष भाईकाजी गुरुङ, प्रथम उपाध्यक्ष राम कुमार मण्डल, द्वितीय उपाध्यक्ष राजेन्द्र साम्याङ्खाम, महासचिब एकराज राई, उप-महासचिब धिरेन तामाङ, सचिब युबराज भुजेल, कोषाध्यक्ष हरि महतो, सह-कोषाध्यक्ष रविलाल ताजपुरिया, विभागीय सचिबहरुमा क्रमश: मिलन भुजेल, बिबस मादेन लिम्बु, रामेश्वर मण्डल, आङ मिङ्मार शेर्पा, ओम कृष्ण तयाजु, घनस्याम चौधरी लगायत १९ जना संघिय परिषद सदस्यहरु निर्वाचित भएका छन्।


नेफिन कतारमा आवद्द मातृ संस्थाहरुलाई संस्थाका प्रमुख सल्लाहकार तथा अध्यक्षको हातबाट कदर पत्र प्रदान गर्नुका साथै कार्यक्रमको अन्त्यमा अध्यक्ष शिब कुमार भुजेलले आफ्ना भनाईहरु राख्दै सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै समापन गरेको उक्त कार्यक्रम संस्थाका महासचिब सागर तुम्बाहाङफेले संचालन गरेका थिए।

(एकराज राई, महासचिब, नेपाल आदिवासी जनजाति महासंघ कतार)