क्वालालम्पुर । किरात राई यायोक्खा शाखा मलेसियाको अध्यक्षमा तेजकुमार राई चयन भएका छन् ।
आइतबार मलेसियास्थित क्वालालम्पुरमा रहेको जनजाति महासंघ मलेसियाको कार्यलयमा सम्पन्न किरात राई यायोक्खाको साधारण सभाले राईलाई अध्यक्षमा चयन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा केवल राई र डम्बर राई, सचिवमा यज्ञकुमार राई, सहसचिवमा सन्तोष राई, कोषाध्यक्षमा रिजन राई चयन भएका छन् ।
सदस्यहरुमा सदस्यहरुमा रामकुमार राई, रोमी राई, र मुकेश राई चयन भएका छन् । नयाँ कार्य समितिको सल्लाहकारहरुमा युवराज राई, बिपिन राई, बल बहादुर राईलाई चयन गरिएको छ ।
किरात राई यायोक्खाका निवर्तमान अध्यक्ष युवराज राईले राजिनामा दिएपछि संस्था निस्कृय भएको अवस्थामा साधारण सभाद्वारा नयाँ समिति निर्माण गरेको हो ।