June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

प्रवासी नेपाली मञ्च, मलेसियाले वर्षदिनभित्र समस्यामा परेका ६० जनालाई टिकट दिने

2.5K

क्वालालम्पुर । प्रवासी नेपाली मञ्च, मलेसियाले वर्षदिनभित्र समस्यामा परेका ६० जनालाई टिकट दिने भएको छ ।

नेपाली श्रमिकका हकहितका विषयमा छलफलपश्चात मञ्चले विविध कारणवस अप्ठ्यारोमा परेका, जेल जीवन बिताउन बाध्य नेपालीहरुलाई घरफिर्तीका लागि वार्षिक ६० जनालाई हवाई टिकट दिने निर्णय गरेको हो । हालसम्म ५ जनालाई नेपालसम्मको टिकट दिइसकेको मञ्चका उपाध्यक्ष जीवन देवानले जानकारी गराएका छन् ।

मञ्चको नेपाली राजदुतवास मलेसियाका प्रतिनिधिबिच भेटघाट तथा छलफल सकारात्मक रहेको पनि जनाएको छ । “दूतावास परिवारको अमुल्य समयका बाबजुद पनि हाम्रो लागि प्रसस्त समय मिलाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै महामहिम राजदुत तथा दूतावास परिवारको हामी तथा हाम्रो मञ्चप्रतिको सकारात्मक चिन्तन, मार्गदर्शन, प्रेरणा र सल्लाह सुझाब बाट हामीमा थप उर्जा थपिएको छ”, मञ्चले आफ्नो फेसबुक पेजमा लेखेको छ ।

Advertisement