April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनलाई लण्डनमा भव्य स्वागत

3.2K

लण्डन। किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनलाई लण्डनमा भव्य स्वागत गरिएको छ । कियाचु यूके ग्रेटर लण्डन शाखाले अध्यक्ष येक्तेनलाई लण्डनको गोल्डेन सिप रेष्टुरेन्टमा स्वागत गर्नुका साथै एक अनतरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको हो ।

सोमबार सम्पन्न कार्यक्रममा अध्यक्ष येक्तेन लगायत उपस्थित समिति र सदस्यहरुलाई कियाचु युके जीएलबीका अध्यक्ष देव आङ्बुहाङले खादा लगाइदिएर स्वागत गरेका थिए । जीएलबी अध्यक्षले प्रेम येकेनको बारेमा बताएका थिए ।

कार्यक्रममा अध्यक्ष येक्तेनले कार्यक्रमका लागि जीएलबीलाई धन्यवाद दिँदै प्रदेश नं १ कोशीको नाम परिवर्तनको विषयमा नेपालमा भइरहेको वर्तमान अभियानको बारेमा पनि जानकारी दिएका थिए । उनले यो अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय जनताले नै विशेष साथ दिनुपर्ने बताए ।

Advertisement

कार्यक्रममा उपस्थित व्यक्तिहरूले अतिथिहरुलाई नेपाली नागरिकताको निरन्तरताका साथै आदिवासीहरूले अन्ततः आफ्नो पहिचान र भाषाहरू गुमाउनका लागि नेपालको पहाडी क्षेत्रमा स्थान र नदीहरूको मौलिक नाम प्रतिस्थापन गर्ने काम गरिरहेका केही तत्वहरू उल्लेख गर्दै प्रश्न राखेका थिए ।