November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आगामी मार्चसम्म जरिवाना नतिरी ओमानबाट फर्किन पाउने अवधि थप

2.8K

लण्डन – ओमान सरकारले  अभिलेखमा नभएका आप्रवासी श्रमिकलाई विना जरिवाना देश छोड्न दिने अवधि थप गरेको छ।

नेपाली दूतावासका अनुसार गत १५ नोभेम्बरबाट सुरु भएको म्याद डिसेम्बरमा सकिएको थियो भने यो आगामि मार्चसम्म थपेको समयमा जरिवाना नतिरी फर्किन पाउने जनाएको छ् ।

ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० मा सूचना जारी गर्दै ओमानमा विभिन्न समयदेखि अलेखबद्ध भई काम गरिरहेका आप्रवासी श्रमिकलाई आफ्नै खर्चमा स्वदेश फर्किन चाहेमा श्रमसम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय गरेको थियो।

Advertisement

श्रम सहचारी दिनेश ढकालले अझै पनि केही नेपालीहरू फर्किनुपर्ने अवस्थामा भए सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको जानकारी दिए।

ओमानमा कामदार अनुमित पत्र तथा भिसा सकिएर वा लामो समयदेखि आफ्नो स्पोन्सरको सम्पर्क बाहिर रहेका नेपालीले पासपोर्टको म्याद सकिए ट्राभल डकुमेन्ट बनाएर फर्किन पाउनेछन्।