November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कतारस्थित नेपाली दूतावासको अपिल , “नेपाल जाँदा सुन भरिया नबन्नु”

4.1K

कतारस्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै विभिन्न प्रभोलनमा परि सुन तथा बहुमुल्य सामानको भरिया नबन्न अपिल गरेको छ।  

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरु स्वदेश फर्किंदा विभिन्न व्यक्तिले बोकाउने सुनको भरिया बन्ने गरेको समाचार समय-समयमा सार्वजनिक हुने गरेको अवस्थामा सोही सन्दर्भलाई मध्यनजर गरी कतारस्थित नेपाली दूतावासले त्यसरी सुनको भरिया नबन्न आग्रह गर्दै सुचना निकालेको हो ।

हालैका दिनमा कतारबाट नेपाल जाने केहि नेपालीले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परेर सुन लगायतका बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको जनाएको छ । कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजान र ति वस्तुको खरिदवील पनि साथै बोक्न दूतावासले आग्रह गरेको छ । साथै कतारबाट काठमाडौं यात्रा गर्दा खरिदवील साथमा नभएको वा आफ्नो स्वामित्व प्रमाणित नहुने तथा कानूनले तोकेको परिमाणभन्दा बढी त्यस्ता वहुमुल्य वस्तु लगेमा सामान जफत हुने र कानूनी कारवाहीमा समेत परिने दूतावासले सचेत गराएको छ ।

Advertisement

खाडीका  देशहरुबाट विभिन्न व्यक्तिहरुले स्वदेश फर्किने व्यक्तिहरुलाई केहि रकम दिने प्रलोभनमा पारेर सुनको तस्करी गर्दै आएका छन् । यसरी तस्करी गर्नेहरुमा ति मुलुकमा नेपाली व्यवसायीका रुपमा कार्यरत नेपाली समेत हुने गरेको सावजनिक हुँदै आएको छ  ।