March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

मगर संघ युके द्वारा राजदुतको बिदाई र मास्टर मित्रसेनको स्मृति दिवस

8.7K

लन्डन।  मगर संघ युकेले हिजो दिसेम्बेर २० आईतवारका  दिन  जूममा १२५ औं मास्टर मित्रसेन थापाको स्मृति दिवसको अवसरमा वेलायतका लागि नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर  सुबेदीलाई बिदाई गरेको छ।

संस्थाका अध्यक्ष सुनिल रानाको अध्यक्षता रहेको कार्यक्रममा वेलायतका लागि नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर  सुबेदीको  प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै  प्रमुख अतिथिले मगर संघ युके संग आफ्नो र राजदुतावासको सुमधुर र प्रगाढ सम्बन्ध रहेको छ र रहिरहने छ, भनेका छन्। 

प्रमुख अतिथि राजदुतले मगर संघ युकेले वेलायत र नेपालमा भैपरी आउने बिपत्ति भुकम्प, बाढीपहिरो र कोरोना महामारीमा गरेको निरन्तर सहयोग सर्हानीय रहेको र सम्पूर्ण नेपाली बिचको समन्वयात्मक भूमिका अनुकरनीय रहेको छ । त्यस्तै नेपाली कन्सर्ट वेलायतको लागि एकमात्र नेपाली सांगीतिक महोत्सवको रुपमा रहेको र यसले हरेक बर्ष श्रद्धेय सास्कृतिक श्रष्टाहरुको सम्मान गरेर सांस्कृतिक र सांगीतिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको बताए। 

Advertisement

निवर्तमान अध्यक्ष नेम थापाले दुतावास र संघ बिचको निकटता प्रगाढ रहेको भन्दै र शुभकामना मन्तब्य दिनु भएको थियो |

मगर संघ युकेले राजदुत डा दुर्गा बहादुर सुबेदीलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरेको छ। उक्त सम्मान पत्र संघका सल्लाहकार तथा पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगीले बाचन गर्दै शुभकामना ब्यक्त गरेका थिए। 

संघका सल्लाहकार विजय हितान मगरले सांस्कृतिक धरोहर मास्टर मित्रसेन थापाको जीवनी र कृतिहरुको बारेमा जानकारी दिएका थिए।

कार्यक्रमलाई नानु राना मगरको कविता र मुक्तक, गोमा रानाको कविता र धन थापाको गीतले रौनक थपेको थियो।

कार्यक्रमको संचालन संघका महासचिव रुद्र थापाले गरेका थिए भने अध्यक्ष्यले सबैलाई धन्यवाद दिदैं नेपाली दुतावासलाई सबैको साझा घर बनाई जनमुखी शिघ्र सेवा उपलब्ध गराउन सफल हुनु भएकोमा प्रमुख अतिथि राजदुत डा दुर्गा बहादुर सुबेदीलाई पनि धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए।