April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेपालसहित ३४ देशलाई प्रतिबन्धको सूचिबाट हटाउँदै कुवेत

2.7K

दोहा- कोरोना महामारीले लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ । नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने निर्णय गरेको हो .

कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आगामी जनवरी २१ बाट सुरू गर्न अनुरोध  गरेको छ ।

कुवेतले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायतका ३४ मुलुकबाट सिधा हवाई उडान सूचारु गर्न सम्बन्धित विमान कम्पनीहरुलाई  अनुरोध गरेको नागरिक उड्डयन महानिर्देशालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

Advertisement

कोरोनाले नेपाल कुवेत सिधा हवाई उडान नहुँदा बिदामा नेपाल गएका हजारौं नेपाली कामदारहरु चर्को मूल्यमा हवाई टिकट खरिद गरी दुबई हुदैँ १४ दिन क्वारेनटाइन बसेर कुवेत प्रवेश गर्दै आएका छन् ।

कुवेत सरकारको यो निर्णयसंगै कुवेतबाट नेपाल जाने तथा नेपालबाट कुवेत प्रवेश गर्ने नेपाली कामदारहरुलाई ठूलो राहत मिलेको छ । कुवेत जानेले कोरोना नेगेटिभ भएको प्रमाणपत्र भने अनिवार्य पेस गर्नु पर्नेछ ।