April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एनआरएनए युकेद्धारा पञ्चे बाजा बजाएर नेपाली राजदुतको भव्य स्वागत

२०७८ फाल्गुन १७

2.5K

लन्डन । गैर-आवासीय नेपाली संघ संयुक्त अधिराज्यले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको पञ्चे बाजा बजाएर भव्य स्वागत गरेको छ । संयुक्त अधिराज्यका लागि नेपालको २२औँ राजदुतको रुपमा कार्यभार सम्हालेका आचार्यलाई संघको अल्डरसटस्थित एम्पायर हलमा नौमती बाजा सहित स्वागत तथा अभिनन्दन कार्यक्रम राखेको हो ।

स्वागत कार्यक्रममा बोल्दै राजदुत आचार्यले भव्य रुपमा कार्यक्रम आयोजना गरि आफुलाई स्वागत गरेकोमा गैर–आवासीय नेपाल संघ संयुक्त अधिराज्यलाई धन्यवाद व्यक्त गरे । आचर्यले गैर–आवासीय नेपाली संघसँग सहकार्य गरेर अगाडी बढ्ने पनि बताए । आफ्नो कार्यकालमा भूपू गोर्खा सैनिकहरुका समस्या समाधान पहिलो प्राथमिकता रहेको भन्दै अन्य बेलायतमा रहेका नेपाली समुदायका समस्या पहिचान र समाधानार्थ तत्पर रहेको प्रतिबद्धता आचर्यले व्यक्त गरे । त्यस्तै उनले नेपाल र बेलायतबीचको द्धिपक्षीय, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझै सुदृढ बनाउने र राजदुतावासको भुमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि महामहिम ज्ञानचन्द्र आचार्य, उनकी धर्मपत्नी सुनिता आचार्य तथा अतिथि नेपाल राजदुतावास लण्डनका द्वतीय सचीव राम बाबु नेपाल लगायतका अतिथिहरुलाई कार्यक्रमको सुरुवातमा गुल्मेली प्रथम नौमति बाजा बजाएर अतिथि तथा सहभागीहरुलाई स्वागत गरिएको थियो ।

Advertisement

गैर–आवासीय नेपाली संघ, संयुक्त अधिराज्यका अध्यक्ष तथा सभाध्यक्ष प्रेम गाहा मगरले बेलायतमा एक अनुभवी कूटनीतिज्ञ राजदूत पाएको खुशी व्यक्त गर्दै गैर आवासीय नेपाली संघ, संयुक्त अधिराज्य नेपाली राजदूतावास लन्डनसँग हातेमालो गरी देश विदेशमा रहेका नेपालीका हक हित र सेवाका लागि गतिशील रहन प्रतिवद्ध रहेको बताए ।

गैर–आवासीय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदसँगै यस अन्तर्गत रहेका चार राज्य समन्वय परिषदहरु क्रमशः नर्दन आयरल्याण्ड, वेल्स्, स्कटल्याण्ड र इंगल्याण्ड समेतको संयुक्त आयोजनामा आयोजित यस कार्यक्रममा विशिष्ट व्यक्तित्वहरु, अभियन्ताहरु सहित बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक, प्रमुख सल्लाहकारहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, एनआरएनए आइसीसी सल्लाहकारहरु, आइसीसी सदस्यहरु, निर्वाचित आइसीसी सदस्यहरु तथा आइसीसी उम्मेदवारहरु लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो सहभागीता रहेको थियो ।

भव्य रुपमा आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरुले राजदुत आचार्यलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उदाहरणीय काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसी सल्लाहकार कुल आचार्य, एनआरएनए यूकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए आईसीसीका तर्फबाट आईसीसी सदस्य ललितकुमार न्यौपाने, एनआरएनए अभियन्ता थर्क सेन, भुपु गौर्खा सैनिकहरुको अधिकारका निम्ती आन्दोलनरत एवं करिब दुई हप्ता लण्डनमा आमरण अनशन बसेका गोर्खा अभियन्तहरु धन बहादुर गुरुङ, पुष्पा राणा घले, एनआरएनए यूकेका प्रमुख सल्लाहकारहरुका तर्फबाट ध्रुब केशी लगायतले सम्बोधन गरेका थिए ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोबिन्द खरेलले शुभकामना एवं स्वागत मन्तव्य, एनआरएन युकेको संक्षिप्त परिचय सहित संस्थाले नेपाली दुतावास लन्डन संग समाजका हितका लागि गर्न सकिने सम्भावित सहकार्यका बारेमा उपाध्यक्ष नारायण कंडेलले आफ्नो प्रस्तुति गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामचन्द्र पोखरेलले गरेका थिए ।

कार्यक्रममा बेलायतमा रहेका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो संस्थाको परिचय सहित नवनियुक्त राजदुतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनेहरुमाः हित काजी गुरुङ – तमु धी यूके, कृष्ण गुरुङ – कोल्मा बहकोट समाज यूके, टोप पल्ली मगर – गुल्मी जिल्ला समाज यूके, रि ले सुनिल राना – मगर संघ यूके, सारदा गुरुङ – स्यांजा समाज यूके, पुरण गिरी – अन्तरास्ट्रिय पर्वत समाज, जुरेन्द्र लिम्बु – किरात याक्थुंग चुम्लुङ्ग यूके, सोब रेगामी – एमएयूके रेडिंग, ताम धेगा – बुटवल सेरोफेरो, कर्ण दर्लामी मगर – गोर्खाली समाज यूके, भाग्य नारायण रे – मधेसी समाज यूके, थर्क राना – बिजीएनसीसीसी, दल बहादुर गुरुङ – लम्जुङ्ग समाज यूके, डा सुरेश मणि पौडेल – क्रोयडन नेपाली समाज यूके, रितेश राज पाण्डे – क्याट यूके, आङ् दावा शेर्पा – शेर्पा संघ यूके, कुमार फगामी – मोना यूके, ज्ञान प्रसाद गुरुङ – नेपाली समाज विल्ट्सायर, नारायण गुरुङ – ओखलढुंगा जिल्ला समाज यूके, रबिन्द्र शर्मा – नेपाली समाज नटिंगहाम, नबिन सिङ् गुरुङ – बन्दीपुर समाज यूके, रि क्याप्टेन महेन्द्र लिम्बु – गोर्खा वेलफेयर सेन्टर, सुनिता गौतम थापा – नेपाली नर्सिङ्ग संघ यूके, सेतीमाया गुरुङ – गोर्खा प्रथम आमा समूह यूके, लोक गुरुङ, हिरा बहादुर विस्वकर्मा – सृजनशील नेपाली समाज बेलायत, बाचस्पति रेग्मी – शिब कल्चरल कम्युनिटी सेन्टर यूके, जित रानाभाट – रोयल बरो अफ ग्रिनविच नेपाली समाज, लगायतका सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो संस्थाको परिचय सहित नवनियुक्त राजदुतलाई स्वागत गरेका थिए ।

नवनियुक्त राजदुत महामहिम ज्ञान चन्द्र आचार्यलाई स्वागत तथा अभिनन्दनका लागि आयोजित यस कार्यक्रमा सहभागिता सहित आफ्नो ठाउँबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्णमा गैरआवासीय नेपाली संघ बेलायतले हार्दिक आभार व्यक्त गरेको छ भने उपाध्यक्षहरु – नारायण कंडेल, मोहन कार्की, सुनिल बाबु श्रेष्ठ, शकुन्तला गुरुङ, गोबिन्द खरेल, सचिवहरु – ज्ञानेन्द्र आले, बिष्णु चालिसे, कोषाध्यक्ष – बिष्णु खरेल, युवा संयोजक – अनिल मल्ल, सपना खनिया, चम्पा थापा, क्षमता ढकाल, सुमन शर्मा, सुरेश परियार, कृष्ण भण्डारी, शिब भण्डारी, बिशाल गुरुङ, अमृत घले लगायत टेक्निकल सपोर्ट टिम समेतलाई संघले बिशेष धन्यवाद ज्ञापन गरेको छ ।

कार्यक्रमलाई सहयोग तथा सफल पार्ने उद्देश्यले उपस्थित व्यक्तित्वहरुले कार्यक्रम सफलताको कामना सहित आर्थिक सहयोग गरेका थिए । जसमा पुरण गिरीबाट १५०० (एम्पाएर हल निशुल्क उपलब्ध), ललित कुमार न्यौपाने ५००, कुल आचार्य ३००, थर्क सेन – २००, राजु थापा १०१, तमु समाज यूके ५०, क्याट यूके ५०, डीएनएस यूके ५०, गुल्मी जिल्ला समाज यूके ५०, लम्जुङ्ग समाज यूके ५१, मगर संघ यूके ५०, धन बहादुर गुरुङ २०, जुरेन्द्र लिम्बु ५०, शिव राई ४०, माला पुन २०, दिपक खड्का १०, मधु सुधन १५, संजय कंडेल १०, एलएन पाण्डे २०, जित रानाभाट २०, पदमा श्री ज्वेलर्स २०, लोक गुरुङ १०, बागबीर पुन ४०, कुमार फगामी ५०, शान्ती + उदय थापा ५०, बुटवल समाज यूकेले ५० डलर सहयोग गरेका थिए । जम्मा ३३२७ डलर सहयोग रकम संकलन भएको हो ।

कार्यक्रमका तस्वीरहरु ।