November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाबाट मुकेश सुवेदीले ल्याए ‘मायाको अस्त्र’

4.2K

काठमाडौ । सात समुन्द्र पारी अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो तर्फबाट सकेको योगदान गर्दै आईरहेका कलाप्रेमि मुकेश सुवेदीले ‘मायाको अस्त्र’ बोलको भिडियो लिएर आएका छन् ।

प्रमोद खरेलको स्वर, रोशन सिंहको शब्द, संगीत रहेको मर्मस्पर्शी गीत ‘मायाको अस्त्र’ भिडियो मुकेश सुबेदीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

मायाप्रेम दुःख बेदनाको गीत हिजोको दिनमामात्र होइन, आजपनि लोकप्रिय छन् कारण मायामा धोका पाएका हुन् वा मायामा सफल भएका सबैले मन पराएका छन् ।

Advertisement

भिडियोमा बिक्रम बुढाथोकी, स्मारिका ढकाल र रोशन सिंहको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।