November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चन्द्र सम्बाहाम्फे लिम्बुको ‘मंगोलियन मुहार’ सार्वजनिक

2.4K

काठमाडौं । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

चन्द्र सम्बाहाम्फे लिम्बुको शब्द, समुन्द्र खतिवडाको संगीत र आयन राईको आवाज रहेको उक्त गीतको संगीत संयोजन उर्गेन दोङले गरेका छन् ।

आयन राई र अनु पुनलाई फिचरिङ गरिएको उक्त भिडियो दुबईको लव लेकमा छायाङ्कन गरिएको छ । भिडियोमा माही खानको मेकअप, इकबाल अंजुमको छायाङ्ंकन र बिष्णु खड्कको सम्पादन रहेको छ भने अर्जुन भण्डारीको निर्देशन रहेको छ ।

Advertisement

भिडियो राग म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस