बेलायत– भारतीय किसानको समर्थनमा बेलायतमा प्रदर्शन भएको छ। आइतबार सेन्टर बेलायतमा भारतीय दूतावासअगाडि किसानको पक्षमा प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरुले ‘मोदी सरकार दिल्लीको सिमानामा किसानहरूले प्रदर्शन गरिरहेका छन्। उनीहरुको दुखः सुन र मागप्रति भएर सोच जस्ता’ नारा समेत लगाएका थिए।
किसानलाई गरिएको समर्थनमा १३ जना सहभागीलाई बेलायती प्रहरीले नियन्त्रणमा लिएको छ। सहभागीहरुले कोभिड-१९ विरुद्धको स्वास्थ्य मापदण्ड नअपनाएको प्रहरीले बताएको छ। १३ जनामध्ये चार प्रदर्शनकारीलाई जरिवाना लिएर छोडिएको छ। रोयटर्सका अनुसार भारतीय मूलका धेरै मानिसहरु बेलायतमा बसोबास गरिरहेका छन्। तिनीहरुले भारतमा भइरहेको किसानको आन्दोलनमा समर्थन जनाएका छन्।
बेलायतमा भएको प्रदर्शनलाई लिएर बेलायती एक अधिकारी विश्वेश नेगीले भनेका छन, ’भारतको उच्च आयोगको अगाडि ठूलो संख्यामा प्रदर्शनकारी उपस्थित भएका थिए। सामाजिक दूरी कायम गरेका थिएनन्। प्रहरीले भिडलाई तितरबितर बनाएको थियो। केही प्रदर्शनकारी तोडफोडमा समेत उत्रेका थिए। सहभागी प्रदर्शनकारीले भारत विरोधी नारा समेत लगाएका थिए।’
नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतमा सेप्टेम्बर तेस्रो साता ल्याएका कृषिसम्बन्धी विभिन्न कानुनहरूको विरोधमा किसानहरूले प्रदर्शन चर्काएका हुन्। भारतीय किसानहरूले दिल्लीको सीमाक्षेत्रमा हजारौँको संख्यामा उपस्थित भई ११ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।