April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

१६ बेलायती सांसदले लेखे नेपालमा तत्काल खोप आपुर्ति गर्न मन्त्रीलाई पत्र

5K

काठमाडौं । कोरोना (कोभिड-१९) को दोस्रो लहरसँग संघर्ष गरिरहेको नेपाललाई तत्काल खोप लगायतका स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।

तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन मन्त्री रावलाई बुझाइएको पत्रमा आग्रह गरिएको छ ।

कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र अन्य विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न पत्रमा उल्लेख छ ।

Advertisement

ती सांसदहरुले नेपालको पछिल्लो स्वास्थ्य संकटबाट विदेशमन्त्रीलाई अवगत समेत गराएका छन् । स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला भैसकेको उल्लेख गर्दैै उनीहरुले यसैसाता बेलायती सेनाको चिकित्सकीय टोली काठमाडौं आउन लागेको कुरा स्वागतयोग्य भएको समेत जनाएका छन् ।