लण्डन । एनआरएनए इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद यूकेको अध्यक्ष पदका उम्मेदवार लालबहादुर गुरुङले निर्वाचनमा सहयोग गर्न सबैलाई अपिल गर्नु भएको छ ।
एनआरएन युकेमा एक कार्यकाल युवा संयोजक र इङ्ग्ल्याण्डराज्य समन्वय परिषदको उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका उम्मेदवार गुरुङले एक अपिल सार्वजनिक गर्दै परिषदको अध्यक्ष पदमा निर्वाचित हुने विषयमा आफु विस्वस्त रहेको बताएका छन् ।
साथै अपिल मार्फत गुरुङले भनेका छन् ‘जिम्मेवारी अनुसार आफ्नो भूमिका सके सम्म निर्वाह गरेको छु । सबैको साथ, सहयोग र समन्वयमा एनआरएन युकेको भूमिकालाई अझ फराकिलो र थोरै भए पनि उचाई बढाउन मेरो क्रियाशिलता रहेको महसुस गरेको छु । यो अवसर प्रदान गरिदिनु हुन सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ’ु ।
साथै गुरुङले सबै जनाको साथ, सहयोग र प्रेरणाअनुसार नै एनआरएनए युकेको इङ्ग्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउदै मेरो यात्रा इङ्ग्ल्याण्ड राज्य परिषदको गरिमालाई उचाइमा पु¥याउनु र साझा समस्या र एजेण्डाको उठान गर्ने रहेको बताए ।
उनले भने ‘अहिलेसम्म सामाजिक संघसंस्थामा गरेको अनुभव एनआरएनएको हितमा लगाउने छु । सत्य, न्यायका पक्षमा बोल्ने छु । व्यक्ति, गुट र राजनीतिबाट माथि उठेर सामूहिक सहकार्यमा संस्थागत हितका लागि सधै काम गर्नेछु’ ।
साथै गुरुङले नेपाल मामिलासँगको संक्षिप्त संवादमा आफुले कुनै एजेण्डा तय नगरेको तर समय अनुसार जस्तो परिस्थीतिमा पनि एनआरएनएको पक्षमा काम गर्ने बताए ।