आकाश शेर्पा । कुवेत । रोजगारको लागि कुवेतमा पुगेकी एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन् । भरतपुर महानगर पालिका–१८ चनौली, चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थिइन् ।
स्थानीय समय अनुसार बेलुका करिब ६ बजे झुण्डीएको अवस्थामा फेला परेकी थिइन् । कुवेतको लासपालमास कम्पनीमा बिगत ६ वर्षदेखि कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत कम्पनी र मृतकको परिवार संग समन्वय गरी कानुनी प्रक्रियामा सहयोग गर्ने कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ ।मृतक नेपालीको घरमा श्रीमान र एक छोरा, एक छोरी रहेका छन् । यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । उनी घर बिदामा नेपाल गएर आएको एक वर्ष मात्र भएको थियो।