April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङ कोरोना संक्रमित

6.1K

काठमाण्डौं । नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङ कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

केही समययता नेपालमा रहेका गुरुङ गत हप्ता आफ्नो गृह जिल्ला संखुवासभाबाट राजधानी फर्किने क्रममा प्राणघातक भाइरसबाट संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ ।

गत सोमबार राजधानीको एक अस्पतालमा गरिएको परीक्षणमा सभापति गुरुङ लगायत श्रीमती गुरुङलाई पनि संक्रमण भएको देखिएको हो । यस खबरबाट बेलायतमा रहेका कांग्रसीहरु अन्य शुभेच्छुकहरु निकै चिन्तित देखिएका छन् ।

Advertisement

तथापि सभापति गुरुङले समितिका प्रवक्ता खुशी लिम्बूलाई मेसेञ्जर मार्फत आफू र परिवार आफ्नै निवासमा ‘आइसोलेशन’ मा बसिरहेको र दुवैको स्वास्थ्य स्थिर रहेको बताए ।

यसैबीच एनपीसीसी यूकेका कार्यवाहक सभापति महेश दहालले एक वक्तव्य जारी गर्दै गुरुङ दम्पत्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र आफ्ना सबै सदस्यहरुलाई धैय गर्न भनेका छन् ।