November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

समाजसेवाको नाममा पैसा कमाउनेलाई जनता माझ उभ्याएरै छाड्छौँ: नारायण कंडेल

नारायण कंडेल उपाध्यक्ष, एनआरएनए युके
२०७८ बैशाख १४

7K

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष नारायण कंडेलले एनआरएनए युकेलाई एक विश्वसनीय संस्थाका रुपमा विकास गर्ने बताएका छन् ।

आइतबार जूम मार्फत आयोजना गरिएको ‘खुल्ला बहस’ कार्यक्रम वोल्दै उपाध्यक्ष कंडेलले संस्थालाई पारदर्शी र विश्वासनीय वनाउनका लागि कानूनी लडाइमा जानु परेको बताए । संस्थामा भएको आर्थिक दुरुपयोग रोक्नका लागि हर प्रयास गरिएता पनि सुनुवाइ नभएका कारण आफुहरु कानुनी प्रकृयामा जान बाध्य भएको बताए ।

बेलायतस्थित नेपाली समुदायले निर्वाचित गरेरै संस्था भित्र महत्वपूर्ण जिम्मेवारी पाएको बताउदै उपाध्यक्ष कंडेलले एनआरएनए यूकेभित्र भएको विकृति हटाउन सबै एक जुट हुनु पर्नेमा जोड दिँदै भने ‘एनआरएनए युकेलाई आर्थिक रुपमा एउटा विश्वसनीय संस्था बनाउने अभियानमा सबै एकजुट हुन आवश्यक छ, त्यसका लागि आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुहोस्,।’

Advertisement

उपाध्यक्ष कंडेलले आर्थिक पारदर्शिताका लागि अभियान चलाउँदा गाली बेइज्जती सहनु परेको गुनासो गर्दै भने ‘एनआरएनए युकेमाथि मेरो सधै सम्मान रहने छ, त्यसैले संस्थालाई दुरुपयोग गरी समाजसेवाको नाममा पैसा कमाउनेलाई जनता माझ उभ्याएरै छाड्ने छौँ, ।’