April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनपीसीसी यूकेद्वारा कांग्रेसको क्रियाशील सदस्यता बितरण सुरु

8.2K

लण्डन । नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेले आजबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता फारम वितरण सुरु गरेको छ । एनपीसीसी युकेको पूर्व बैठकको निर्णय अनुसार युकेका विभिन्न क्षेत्रमा गठित क्रियाशील सदस्य वितरण समिति मार्फत आजदेखि क्रियाशील सदस्यता फारम वितरण सुरु गरिएको हो ।

समितिले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बितरण समितिका सदस्यहरूले एनपीसीसी युकेका कार्यवाहक सभापति महेश दाहालसंग सम्पर्क गरी फारम प्राप्त गर्न अनुरोध गरेको छ ।

नेपाली जनसम्पर्क समिति यूकेका प्रवक्ता खुशी लिम्बूका अनुसार विज्ञप्तिमा नेपाली कांग्रेसको क्रियाशील सदस्य नविकरण र नयाँ बन्न ईच्छुकले आ–आफ्नो क्षेत्रका वितरण समितिका सदस्यहरुसंग सम्पर्क राखेर फर्म भरी मे २० तारिखसम्म फारम वुझाउनु पर्नेछ ।

Advertisement

एनपीसीसी यूकेको उक्त विज्ञप्तिमा सदस्यता फारम सीमित भएको र दुरूपयोग नहोस् भन्ने उद्देश्यले पहिलो चरणमा बढीमा १० (६ नयाँ र ४ नविकरण) वितरण समितिका पदाधिकारीहरुलाई वितरण गरिने जनाइएको छ । सो बुझाएपछि मात्र पुन: अरू प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नेपाली कांग्रेसले तोकेको शुल्क प्रति सदस्य नविकरणको लागि १५ डलर ( £११) र नयॉको लागि ३० डलर (£२२) बैक खातामा जम्मा गर्नु भनिएको छ |