April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कुवेतमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सतर्कता अपनाउन नेपाली दूतावासको अनुरोध

10.5K

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली राजदुतावास कुवेत लगायत अन्य संस्थाहरुले पनि अनुरोध गरेका छन्।

विश्वमा जस्तै रोजगारीको नेपाली कामदारको बाहुल्य रहेको देश कुवेतमा पनि दिनानुदिन संक्रमण फैलिए सँगै कुवेतमा रहेका नेपाली समुदाय भित्र पनि फैलदै गएको कारण उच्च सतर्कता अपनाउदै सुरक्षित रहन सुचित गरिएको हो। साथै कुवेत सरकारले अवलम्बन गरेका स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत तथा तथा एनआरएनए कुवेतले पनि सुचना जारि गर्दै नेपाली समुदायलाई सुरक्षित रहन सुचित गरिएको छ। सामाजिक दुरी कायम राखी दैनिकी संचालन गर्न, अनिवार्य मास्क, स्यानिटाइजर, हातमा पन्जा प्रयोग गर्न, भिड्भाड स्थानमा अनावश्यक रुपमा नजान र साबुन पानीले राम्रोसँग हात धुन पनि आग्रह गरेका छन।

Advertisement