काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा ज्यान गुमाएका १२ जना नेपालीको शब आइतबार नेपाल ल्याइएको छ ।
ती मध्ये गोरखा–२ सिरानचोक–५ का २८ वर्षीय सूर्य विक र गोरखा नपा–१२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि शव मलेशियाबाट ल्याइएको थियो ।
विदेशबाट १२ नेपालीको शब ल्याइएको भन्ने थापा पाएपछि अन्तरािष्ट्रय विमानस्थल पुगेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ती दुई युवाका परिवारको भावविह्ल अवस्था देख्दा आफूले पनि आँसु थाम्न नसकेको बताएका छन् ।
‘कस्तो दुःखद अवस्था ! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा–२सिरानचोक–५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुँवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र !’ नेता भट्टराईले ट्विट गर्दै लेखेका छन् ।