April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

रक्तचापको कारण कपिलवस्तुका यम ठकुरीको कुवेतमा निधन

3.3K

कुवेत । उच्च रक्तचापको कारण कुवेतमा एक नेपालीको निधन भएको छ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४, डुंगाका स्थायी बासिन्दा यम ठकुरीको हिजो १९ मार्च २०२१ शुक्रबारका दिन आदान अस्पातलमा मृत्‍यु भएको हो। 

ठकुरीको मृत्युबारे कुवेत स्थित नेपाली दूतावासलाई प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत कम्पनी र मृतकको परिवारसंग समन्वय गरी शवलाई सकेसम्म छिटो नेपाल पठाइने दूतावास श्रोतले जनाएको छ ।

Advertisement