November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

२०७७ फाल्गुन २८

2.7K

काठमाडाैं–दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ।  दुर्घटनामा परी बागलुङको गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको गत सोमबार मृत्यु भएको हो।

नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनका अनुसार जयरामको निधन सोमबार भएको हो। दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए।

लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्‍याइएकाे थियो।

Advertisement

अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ। 

मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए।