हङकङ – हङकङको लागि नेपालको नव नियुक्त बाणिज्यदूत उदय बहादुर राना मगरको स्वागतका लागि गरिएको कार्यक्रम सम्पन्न भएको छ । हङकङ आदिवास जनजाति महासंघको आयोजनामा ब्लू आशन रेष्टाउरेन्ट जोडन हङकङमा हिजो कार्यक्रम सम्पन्न भएको हो ।
हङकङ आदिबासि जनजाति महासंघका अध्यक्ष श्री किसन राईले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने संचालन महासंघका महासचिब श्री कृष्णराज लावतिले गरेका थिए । उक्त स्वागत कार्यक्रममा हङकङका ११ जातीय संघसंस्थाको प्रतिनिधी, एनआरएनए हङकङ, हङकङ नेपाली महासंघ तथा च्याम्बर अभ् कमर्श हङकङका पदाधिकारीहरुको उपस्थिति थियो ।
साथै उक्त स्वागत कार्यक्रममा अधिकांश बक्ताहरुले नव नियुक्त महाबाणिज्यदूतको सफल कार्यकालको शूभकामना ब्यक्त गरेका थिए ।