April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाद्धारा सर्वोच्चको फैसलाको स्वागत

२०७७ फाल्गुन १४

3.7K

काठमाडौं – प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाले प्रतिनिधिसभा विघटनको सिफारिसलाई बदर गर्दै संसद प्ुनस्र्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव निकट मानिने मन्चले प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी रुपमा गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै प्रतिगमनका विरुद्ध संघर्षरत सबै राजनीतिक शक्तिहरु, नागरिक समाज र आम नेपाली जनता बधाईको पात्र रहेको बताएको छन् ।

‘जनताको लामो संघर्षबाट प्राप्त संविधानसभा र त्यसले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ र जनआकांक्षा विपरित जसरी प्रधानमन्त्रीबाट आफ्नो निजी स्वार्थ र सनकमा जनताको संसद विघटन गरिएको थियो, यस फैसलाले त्यस्ता विचार र प्रवृत्तिलाई खारेज गरिदिएको छ’ मन्चका अध्यक्ष राजन कुमार बस्नेत र सचिव प्रविण कंडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement

मन्चले नेपालमा विकसित राजनीतिक तरलताको बीच भ्रमित भएर वा गलतबस संगठनबाट बाहिरीएका मन्चका सदस्यहरुलाई पुन संगठित भएर क्रियाशील रहन पनि अनुरोध गरेको छ ।