November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस नेता निधिद्धारा विश्वका विभिन्न देशमा कांग्रेस प्रशिक्षण प्रतिष्ठान नियुक्त

२०७७ फाल्गुन १२

4.8K

लण्डन – नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विश्वका विभिन्न देशमा नियुक्त गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।  

प्रबासमा छरिएर रहेका नेपाली काँग्रेस, नेपाली जनसम्पर्क समिति र सिङ्गो लोकतन्त्रबादीहरुको दायस्पोरालाई पार्टिको निति तथा कार्यक्रम मार्फत विश्वका विभिन्न देशमा शाखा प्रमुख नियुक्ति गरेका हुन् । जनसम्पर्क समिति गठन भएका र लोकतन्त्रबादीहरु सङ्गठित भएका मुलुकहरुमा शाखा प्रमुखको लागी सिफारिस गर्ने सहित अन्तरास्ट्रिय संयोजकको भुमिका दिएका हुन् ।

मनोनयन हुनेमा डा. बलराम श्रेष्ठ (जापान), खेमराज बस्नेत (युएई), रामकुमार महतो (स्विजरल्याण्ड), रामबहादुर गुरुङ (हंगकंग), केशब बराल (अमेरिका), देबि भुसाल दिपिका (इजरायल), क्रान्ति सिंह (कतार), सोम सापकोटा (माल्टा), जितेन्द्र सिंह महता कोरिया, डा. जितु उपाध्याय (क्यानाडा), राजकुमार गौतम (पोर्तुगल), बिनोदबहादुर थापा (मलेसिया), प्रेम सापकोटा (अस्ट्रेलिया), पदम क्षेत्री (रामचन्द्र) नेदरल्याण्ड, गोपालप्रसाद कोइराला (भारत) र कोपिला लिम्बू (बेलायत) रहेका छन् । बिश्वभर रहेका अन्य देशहरुमा पनि छिट्टै शाखा प्रमुखको नियुक्तिको लागी सिफारिस गर्ने बताए ।

Advertisement

अब थप २२ देशमा विस्तार गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ।