February 21, 2026, Saturday
२०८२ फाल्गुन १०
1:37:26 pm

अध्यक्ष ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने

260

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन् । ओलीले शनिबार दिउँसो ३ बजे दमकको गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनामा गरेको अन्तरसंवाद हुन लागेका हुन् ।

नेपालको निजी क्षेत्रसँग ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी हुन ओली काठमाडौंबाट झापा जाँदैछन् ।

अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको बताइएको छ ।

Advertisement

निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतिका विषयमा छलफल गरिनेछ ।

प्यानल छलफलमा हिसानका पूर्व अध्यक्ष रमेश कुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र कार्की, आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं सहभागी हुनेछन् ।