March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

कराँचीमा आवासीय भवनभित्र ग्यास विस्फोट : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

425

कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीको एक आवासीय भवनमा भएको शक्तिशाली ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । तीन तले भवनको पहिलो तल्लामा अचानक भएको विस्फोटले सिङ्गो भवन आंशिक रूपमा भत्किएको छ ।

सहायक प्रहरी उपरीक्षक जमशेद आशेरका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसले भवनको संरचनामा ठूलो क्षति पु¥याएको छ। घटना लगत्तै उद्धारका लागि राज्यको स्वामित्वमा रहेको ‘रेस्क्यु ११२२’ को टोली परिचालन गरिएको छ ।

pin up pinup

विपद् प्रतिक्रिया सवारी साधन र सहरी खोजी तथा उद्धार विज्ञहरूको टोलीले भग्नावशेषमा पुरिएकाहरूको खोजी कार्य जारी राखेको छ। उक्त भवनमा साना र साँघुरा कोठाहरू रहेकाले सीमित ठाउँका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको उद्धार टोलीले जनाएको छ। मेसिनरी र जनशक्ति परिचालन गरेर भग्नावशेष हटाउने प्रयास भइरहेको छ ।

Advertisement

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको छ। पहिलो तल्लामा ग्यास चुहिएर विस्फोट भएको प्रारम्भिक अनुमान गरिए पनि प्राविधिक टोलीले यसबारे थप अध्ययन गरिरहेको छ ।

भग्नावशेषमुनि अझै केही मानिस पुरिएको आशङ्कामा उद्धार टोलीले सतर्कतापूर्वक काम गरिरहेको छ ।