April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

एमालेका केन्द्रीय सदस्य थापाको निधन

२०८२ फाल्गुन २८

765

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज कृष्ण थापाको निधन भएको छ । उनको बिहीबार हृदयघातका कारण निधन भएको हो ।

कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक सकिए लगत्तै अचानक हृदयघात भएको थापालाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

mostbet

थापा नेकपा एमालेका एक प्रभावशाली नेता थिए । उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए  । २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

Advertisement