March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

पाँचथर बम विष्फोट घटनाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्छ : सांसद बर्तौला

1.1K

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै बर्तौलाले भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाईते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गरेका हुन् ।

pinup pin up pin up pinup

प्रमुख सचेतक बर्तौलाले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने बताए ।

Advertisement

बर्तौलाले भने,‘यही भाद्र १३ गते पाँचथरमा एउटा असाध्यै दुःखद् घटना घट्यो । डाँडाटोलमा रहेको आईतराज केरुङको घर आसपास बेवारिसे बम फेला प¥यो। त्यो विष्फोट हुँदाखेरी विशेष गरी यो सशस्त्र द्धन्द्धकै २ जना बच्चाहरुको निधन भयो, मृत्यु भयो । त्यस विष्फोटमा गरी अन्य २ जना बालकहरु घाइते पनि भए । यो असाध्यै दुःखद घटना हो सम्माननीय सभामुख महोदय । यो दुःखद् घटना हो । सरकारले यस्ता घटनाबारे गम्भिरताका साथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यतया यतिका दिन भईसक्दा पनि यस घटनामा जोडिएका दोषी को हो रु यो सरकारले सरकारले यो सदनलाई आएर बताउनु पर्छ । थाहा दिनुपर्छ । यस्तो गम्भिर प्रकृतिको घटनामा माननीग गृहमन्त्रीज्युले संसदमा जानकारी गराउनु बढदा उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु । हामीले यो छापा मिडियाहरुमार्फत सुन्यौ, थाहा पायौं कि यो विशेष गरी सशस्त्र द्धन्द्धकै समयमा बिछयाइएको बमहरु, छोडिएका बमहरु, फ्याँकिएका बमहरु नै अहिले आएर विष्फोट भयो । यदि त्यसो हो भने सम्माननीय सभामुख महोदय, यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो ? कसले जिम्मा लिनुपर्ने हो ? सामान्य तया राज्य पक्षबाट यस प्रकारको बेवारिस बमहरु छोडेर हिँडने हामी देख्दैनौं, सुन्दैनौं । त्यतिबेलाका द्धन्द्धको एउटा पक्षबाट यस प्रकारका बेवारिसे बमहरु विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसको बारेमा जिम्मेवारी लिनुपर्छ । ’