June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

कोशीका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई राज्यमन्त्री नियुक्त गर्ने तयारी

960

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

मण्डललाई बुधवार पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ ।

कोशी प्रदेश सभामा अहिले सभामुख रिक्त रहेको छ । उपसभामुखले सभा नचलाएको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा थापाले विश्वासको मत पाउने छैनन् ।

Advertisement

सभा चलाउनेले बराबर मत भएको अवस्थामा मात्रै मत हाल्ने संवैधानिक व्यवस्था रहेको छ ।