September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

नीति अधिवेशनको साटो कांग्रेसले महासमितिको बैठक गर्ने

525

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक गर्ने भएको छ । नीति अधिवेशनको साटो कांग्रेसले महासमितिको बैठक गर्ने भएको हो ।

पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने प्रस्ताव गरेका हुन् ।

मंसिर २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो, तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था नभएकोले बैठक गर्ने भएको हो ।

Advertisement