April 17, 2026, Friday
२०८३ बैशाख ५
1:37:26 pm

काँग्रेसको प्रतिनिधि सभा सचेतकमा सुशिला थिङ

2.3K

काठमाडौं । नेपाली काँग्रेसको प्रतिनिधि सभा सचेतकमा सुशिला थिङ मनोनीत भएकी छन् । काँग्रेस सभापति एवं सं‌सदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार उनलाई मनोनयन गरेका हुन्। 

प्रतिनिधि सभा सदस्य थीङलाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्यको सचेतक पदमा देउवाले मनोनयन गरेका हुन् ।

सिन्धुलीकी थीङले काँग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन्। उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन्।

Advertisement

काँग्रेसको प्रमुख सचेतकमा रमेश लेखक छन्।