April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गोविन्द्र भट्टराईलाई भोट माग्दै नेता सिंहले भने: गाउँ बुझेको र सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुहोस

7.2K

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे ।

‘भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ’, नेता सिंहले भने । चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउदै नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए । ‘गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ’, उनले भने । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

त्यस्तै उनले कांग्रेसले तनहुँलाई सरकार बनाउँदा होस् वा राज्यको प्रमुख तहमा स्थान दिएको स्मरण गराउँदै भने, उहाँलाई अत्याधिक मतले विजयी गराउनुस् । मन्त्रीपरिषद् विस्तार हुँदा उहाँ मन्त्री नबन्नुहोला भन्ने के छ र ? कांग्रेस पूर्वमहामन्त्री सिंहले अहिले मैदानमा रहेका उमेदवारमध्ये गोविन्द भट्टराई उत्कृष्ट रहेकाले भ्रममा नपर्न पनि आग्रह गरे । उनले राजनीति स्वच्छ हुनुपर्छ भनेर आएका दल केही महिनामै विभिन्न विवादमा परेको भन्दै राजनीतिमा नारा दिन सजिलो भएपनि व्यवहारमा कार्यान्वयन गर्न सजिलो नभएको बताए । भट्टराई नेविसंघको अध्यक्ष हुँदै लोकतन्त्रको सदृढिकरणका लागि लागेको नेता भएकाले तनहुँवासीले रूखमा मत दिएर उहाँलाई प्रोत्साहित गर्ने विश्वास पनि व्यक्त गरे ।

Advertisement

तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उनले आफू त्यसैमा केन्द्रित भएको बताए ।