April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मन्त्रालय भागबण्डाको विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टी

1.5K

काठमाडौं । नेपाली कांग्रेसभित्र मन्त्रालय भागबण्डाको विषयलाई लिएर असन्तुष्टी देखिएको छ । डा.शेखर कोइराला समूहले सम्मानजनक सहभागिता खोजेपछि विहीबार सार्वजनिक भएको मन्त्रीहरुको नामका विषयमा हेरफेर हुने संभावना देखिएको छ ।

शुक्रबार मेरिट होटलमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाबीच छलफल भएको थियो । डा.कोइरालालले उपसभापति धनराज गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए । छलफलपछि शेखरले सभापति शेरबहादुर देउवालाई सन्देश पठाएका छन् ।

संस्थापनइत्तर पक्षबाट तीन मन्त्रालय पाउनु पर्ने दाबी रहेको छ । पार्टी सरकारमा सहभागी हुँदा तीन मन्त्रालय पाउनु पर्ने अडान कायम राखेको छ । सम्मानजनक सहभागिता नभए सरकारमा नगएर बाहिरै बसेर सहयोग गर्ने सन्देश देउवालाई पठाइएको छ । शुक्रबार अपरान्ह मन्त्रिपरिषद विस्तारको तयारी भइरहेका बेला कांग्रेसभित्र असन्तुष्टी देखिएको हो ।

Advertisement