April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेसबाट मन्त्री हुनेहरुको संभावित नाम सार्वजनिक

1.5K

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने सम्भावित मन्त्रीहरुको नाम बाहिरिएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यस्तै अर्का उपसभापति धनराज गुरुङ, सामान्य प्रशासन, एनपी साउद शहरी विकास, सीता गुरुङ भूमि ब्यवस्था, डिगबहादुर लिम्बू कानून, प्रकाशशरण महत अर्थ र मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

यसअघि कांग्रेस बैठकले सभापति शेरबहादुर देउवालाई मन्त्री चुन्ने जिम्मा दिएको थियो । तर अझै नाम पूर्णरुपले फाइनल नभइसकेको बताइन्छ । संस्थापन इतर पक्षबाट अझै एक जनाको नाम राख्नका लागि जोड भइरहेको छ । जसमा जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेलमध्ये एक मन्त्री बन्ने सम्भावना रहेको बुझिन्छ ।

Advertisement