June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको छ: प्रकाशमान सिंह

२०७९ फाल्गुन १८

5.1K

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् । सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा विहीबार धनुषा पार्टी कार्यालयमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यहि गठबन्धनलाई म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढेकोे बताउँदै अहिले जनताको जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको बताएका हुन् । अब आठदलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने समेत उनले बताए ।

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेको जित सुनिश्चित रहेको बताउँदै अब कुनै दुबिदा नराखन समेत आग्रह गरे । सरकार पनि आठदलवीचको समझदारी जे छ सोहि अनुरुप अगाडि बढ्ने बताए । अहिले मुलुको अर्थतन्त्र संकटमा रहेकाले बिग्रिएको परिस्थितलाई सम्हालेर जानूपर्ने चुनौति रहेको बताए । सरकारको पहिलो काम नागरिकमा आसा जगाउने गरि काम गर्नुपर्ने उनको भनाइ थियो ।

Advertisement

फरक प्रसंगमा बोल्दै नेपाली कांग्रेस पार्टी एक भएर मुलुकका तमाम समस्याको समाधान निकाल्न लाग्नुपर्ने भन्दै मुलुकलाई संकट पर्दा काम गरेर देखाएको इतिहास साक्षी रहेकाले फेरि पनि प्रमाणित गरेर देखाउनुपर्ने बताए । कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, गुरु बराल धनुषा जिल्ला सभापति साथै पार्टीका पदाधिकारीहरु सहभागी थिए ।