April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने, चार नेताले जनाए असहमति

1K

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार बसेको कार्य सम्पादन समतिको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि सोही अनुसार निर्णय भएको हो ।

तर उक्त निर्णयप्रति चार नेताले असहमति प्रकट गरेका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननर सिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेपछि संसदीय दलको बैठक बसेर निर्णय पारित गरिनेभएको छ । तर कांग्रेस सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने भएको छ ।

Advertisement