काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । बैठक आज (बिहीबार) दिउँसो १ बजे बत्तिसपुतलीस्थित एक होटलमा बस्दैछ ।
बैठकमा पार्टीको संसदीय दलको निर्वाचन, निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि तय भइसकको छ ।
यसअघि पुस २२ गतेका लागि बैठक तय भए पनि बुधबार बैठकको मिति परिवर्तन गरिएको हो । केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि २३ गते शनिबार संसदीय दलको बैठक बोलाइएको छ ।