काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्वव थापा विजयी भएका छन् । उनले १८ मत प्राप्त गरे ।
थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।
अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइरालानिकटका हुन् । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापा कृष्ण सिटौलानिकटका हुन् ।
पाँचदलीय गठबन्धन भत्किएसँगै एकाएक यहाँको संसदीय दलको समीकरण बदलिएको थियो ।