November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रदेश १ कांग्रेस संसदीय दलको निर्वाचन हुँदै, तीन जना मैदानमा

1.7K

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलका लागि शुक्रबार निर्वाचन हुने भएको छ। दलको नेता छान्ने सहमतिको प्रयास असफल भएपछि निर्वाचन गरेर कांग्रेसले संसदीय दलको नेता चयन गर्ने भएको हो । नेपाली काँग्रेसमा प्रदेश १ को संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ ।

दौडमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र काँग्रेस प्रदेश १ का सभापति उद्धव थापा अगाडि देखिएका छन् ।

प्रदेश १ कांग्रेस संसदीय दलको नेता बन्ने दौडमा सबै भन्दा अघि उद्धव थापा रहेको देखिएको छ । काँग्रेस प्रदेश १ का सभापति उद्धव थापा मध्यमार्गी सिटौला निकटका नेता हुन् भने अन्य समूहसंग पनि बिश्वासमा कामगर्न सक्ने ईमानदार नेताको छवि बनाएका छन । उनी देउवा समूहले पनि बिश्वास गरेका नेता हुन भने यस अघी कोइराला समूह निकटसंग रहेर काम गरेका ब्यक्ति हुन् ।

Advertisement

१४औं महाधिवेशनमा सिटौला देउवासँग निकट भएसँगै थापा संस्थापन पक्षबाट प्रदेश १ को सभापतिका उम्मेदवार भएका थिए । गुरुराज घिमिरेलाई हराएर उनी सभापति भएका हुन् । संसदीय दलको नेता बन्ने दौडमा रहेका अर्का नेता केदार कार्की भने काँग्रेस नेता शेखर कोइराला निकट मानिन्छन् ।

कोइराला समूहबाट संसदीय दलको आकांक्षा राखेका राजीव कोइराला र गुरुराज घिमिरे निर्वाचनमा पराजित भएपछि कार्की उम्मेदवारका रुपमा देखिए पनि थापाको नाम सर्वसम्मती बने अमृत आर्याल र कार्कीले समर्थन गर्ने संभावना देखिएको प्रदेश १ का एक सांसदले बताए ।

थापा कांग्रेसको प्रदेश सभापति बनेसंगै आफु फिल्डमा खटिएर पार्टीलाई जिताउन लागीपरेको र प्रदेश १ मा कांग्रेसको अवस्था सुधार आएसंगै प्रदेश प्रमुखमा उनलाई अघि बढाउन पार्टीका केन्द्रीय नेताहरुको मनसाय रहेको देखीन्छ । प्रदेश प्रमुख भएको नाताले प्रदेशको संसदीय दल र मुख्य मन्त्रीमा उनको दावी रहनु स्वभाविक रहेको कांग्रेस पदाधिकारीहरुको राय रहेको छ ।

बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ। प्रदेश १ को सभामा नेपाली कांग्रेसका २९ सांसद रहेकोमा १६ बढी प्रदेश सांसदहरुको समर्थन थापालाई रहेको बताईएकोछ ।

विराटनगरमा सोमबार अपराह्न बसेको कांग्रेस प्रदेश १ को कार्यसमिति बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको हो। संसदीय दलको बैठक पुस १५ गते बस्ने र सोही बैठकले दलको नेता टुंगो लगाउने छ। दलको नेताको चयन भएपछि उपनेता, प्रमुख सचेतकको चयन हुने छ।

निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ। त्यसका लागि बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ।