November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पार्टी सभापतिबाट फोन आएन, अपमानित भएको छु : गगन थापा

3.3K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टीको नेतृत्व पंक्तिबाट अपमानित भएको बताएका छन् । सत्ता गठबन्धन टुटेर नयाँ सरकार बनेपछि थापाको यस्तो प्रतिक्रिया आएको हो ।

पोखरामा पुगेका महामन्त्री थापाले आफू दिनभर सभापति शेरबहादुर देउवाको फोन आउला भनेर पर्खिएर बसेको सुनाए । उनले भने,‘म हिजो फोन खोलेर पार्टी सभापतिको कल मलाई कति खेर आउँछ भनेर कुरेर बसेको थिए । म कांग्रेसको महामन्त्री हुँ । म अहिले सांसद पनि हुँ । र पार्टीको विधानको हिसाबले दुई जना महामन्त्री संसदीय दलको पदेन सदस्य हौँ ।’

थापाले पार्टी सभापतिले पार्टीसँग छलफल गर्छु त्यसपछि गठबन्धनको बैठकमा अन्तिम निर्णय गर्छु भनेको समाचारमा पढेको सुनाए । उनले भने,‘त्यो पार्टी भित्र म पनि पर्छु । हिजो भएको छलफल निवासमा भएको छलफल हो । घरमा नबोलाई पनि जाने कुरा भएन । म बोलाइनेमा पर्छु भनेर कुरेर बसे ।’

Advertisement

उनले आफू पोखराको कार्यक्रममा अपमानित भएर पुगेको बताए । थापाले थपे,‘त्यसैले म यहाँ आउँदै गर्दा अपमानित भएर आउँदै गरेको हुँ ।’

उनले कांग्रेस पार्टीलाई पुन जागरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘नेपाली कांग्रेस पार्टी फेरि उठ्छ, उठाइन्छ । कां‌ग्रेसलाई पुनः प्रतिष्ठा र गौरव लायक पार्टी बनाइन्छ । म नेपाली कांग्रेस पार्टीलाई सुदृढ कसरी गर्ने, शुद्ध, सबल कसरी बनाउने त्यस विषयमा सोची रहेका छौं । हारजित प्रकरणको कुरा एकै छिन आयो सकियो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि महामन्त्री द्वय विश्वप्रकाश शर्मा र थापा पोखराको नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन पुगेका थिए ।