November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

निर्वाचित महामन्त्रीलाई बाहिर राखेर अपरिपक्क निर्णय गर्दा कांग्रेसले सबै पद गुमायो

1.8K

काठमाडौं । कांग्रेसको अपरिपक्क निर्णयले सरकार बनाउने अवसर गुमाएको छ । प्रतिनिधि सभाको निर्वाचनबाट पहिलो दल बने पनि कांग्रेस सभापति शेर बहादुर देउवा कुनै पनि हालतमा आँफू प्रधानमन्त्री हुने ध्याउन्नमा लागे छि सत्ता गठबन्धन टुटेको हो । देउवाको कारण नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता सहकार्यकालागि नेकपा एमालेसँग सहकार्य गर्न पुगेको हो ।

पार्टी सभापति देउवाले निर्वाचित दुई महामन्त्रीलाई सत्ता गठबन्धन र अन्य बैठकमा नराखी छलफल गर्दै आएका थिए । निर्वाचन हारेका कृष्ण प्रसाद सिटौला र जुनियर नेताहरुलाई छलफलमा राखे पनि महामन्त्री गगन कुमार थापा, विश्व प्रकाश शर्मा, नेता शेखर कोइरालालाई बाहिर राखेर छलफल गर्दै आँफू प्रधानमन्त्री हुने ध्याउन्नमा थिए । माओवादीले राष्टपति अफर गर्दा पनि दुवै पद लिन खोजेपछि सबै अवसर कांग्रेसले गुमाएको हो ।

देउवाले संसदीय दलको निर्वाचन बालुवाटरमा सांसद भेला गर्दा समेत दुई महामन्त्रीलाई खबर गरेनन् । आँफूसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भए पछि गगन र विश्वप्रकाशलाई उपेक्षा गर्दै आएका थिए । महामन्त्री थापा र शर्माले नेकपा माओवादीले जुनसुकै बेला एमालेसँग सहकार्य गर्न सक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

Advertisement