November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गगन थापालाई ३९ मतले पछि पार्दै संसदीय दलको नेतामा देउवा निर्वाचित

1.5K

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टीको संसदीय दलको नेता बनेका छन् । लोकतान्त्रिक पद्धतिअनुसार परिवर्तनको नारा लिएर चुनावी मैदानमा उत्रिएका महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान सम्पन्न मतगणनामा देउवाले ६४ मत ल्याउँदा गगनले २५ मतमात्रै पाए । प्रतिनिधि सभाका कांग्रेसका सबै ८९ सांसदले मतदान गरेका थिए ।

निर्वाचन समितिले ८ देखि १० बजेसम्मको समय तोकेको भए पनि सभापति देउवा पक्षका सांसदहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदानका लागि मोबाइल लैजान पाउनु पर्ने माग गरेपछि आधा घण्टा ढिला गरी मतदान भएको थियो । तर मतदान भने तोकिएको समयभित्रै सकिएको थियो ।

Advertisement