March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

देउवा विरुद्ध गगनलाई भिडाउने अन्तिम तयारी, डा.कोइराला प्रस्तावक बस्ने

1.1K

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने विषयमा सहमति बन्ने देखिएको छ । कांग्रेस नेता एवं सांसद डा.शेखर कोइरालाकै प्रस्तावमा गगनलाई अघि बढाउन भइरहेको छलफल सहमति नजिक पुगेको छ ।

थापाले संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने छन् । यसको औपचारिक घोषणा भने केही बेरमा हुने बताइएको छ ।

छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति लगभग पक्का भइसकेको छ । देउवासँग बहुमत देखिए पनि इतर समूहबाट गगन थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने आँकलनसमेत भइरहेको छ ।

Advertisement

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजेदेखि हुँदैछ । त्यसका लागि आज मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । कांग्रेसमा प्रतिनिधि सभाका ८९ सांसद रहेका छन् ।