March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित घोषणा हुने

1.3K

काठमाडौँ । समानुपातिकतर्फका सांसद निर्वाचित घोषणा हुने भएको छ । निर्वाचन आयोगले सोमबारसम्ममा समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको हो ।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा हुनेछ ।

हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, नेकपा ९माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५÷५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए ।

Advertisement

समानुपातिकतर्फबाट सांसद पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने निर्वाचन आयोगले स्पष्ट पारेको छ । समानुपातिकतर्फको पनि सांसद निर्वाचित भएको घोषणा भएको मितिले सात दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाई सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने आयोगले बताएको छ ।