March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

अबका दिनमा नागरिकको खबरदारीसंगै अगाडी बढ्छु: नेता सिंह

6.3K

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले देशलाई विकासको बाटोमा अगाडी बढाउन नागरिकको सुझाव सदैव आवश्यक रहेको बताएका छन् । अहिले पनि मुलुक जटिल राजनीतिक मोडमा रहेको भन्दै राजनीतिक स्थायीत्व प्रधान गर्नु पहिलो चुनौति रहेको बताए ।

शनिबार काठमाडौंमा आयोजित धन्यवाद कार्यक्रममासिहंले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई आफुले नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागिपर्ने बताए । यस्तो जटिल समयमा पनि जनताले आफुलाई विश्वाश गरेकोप्रति आफु गम्भिर रहेकोले अबका दिनमा नागरिकको खबरदारी संगै अगाडि बड्ने बताए ।

उनले आफ्नो विगतको संसदीय कार्यकालमा, आफ्नो क्षेत्र काठमाडौं १ को विकासमा उल्लेख्य योगदान गरेको दाबी गरे । त्यस्तै उनले काठमाडौं क्षेत्र नं १ देशकै मुटु भएकोले सधै परिर्वतनशिल नागरिकका आवश्यकता र चाहनाको सवालमा नागरिकले सँधै जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नुपर्ने बताए ।

Advertisement