June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

समानुपातिकतर्फ कांग्रेसबाट सांसद को-को ?

3.2K

काठमाडौं । समानुपातिक सांसद चयन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । निर्वाचन आयोगले तीन दिनको समय दिएर पत्र पठाएकामा अधिकांश दलहरुले समानुपातिकतर्फको नाम टुङ्गो लगाउन शनिबार बैठक बस्न लागेको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरेको छ । यस्तै, प्रदेश सांसदबारे पनि सोही बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ । बैठक बस्नुअघि नै ३२ जनाको नाम सार्वजनिक भएको छ ।

Advertisement

खस आर्यबाट १० जना
प्रकाशशरण महत
अम्बिका बस्नेत
सरिता प्रसाई
आरजु राणा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाण
रमा कोइराला
कान्तिका सेजुवाल
मैना रावल (पिछडिएको क्षेत्र)

आदिवासी जनजातिबाट ९ जना
गोपालमान श्रेष्ठ
सरस्वती वजियम
लिलादेवी वोखिम
सिताकुमारी राना
सुशिला तामाङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा शेरचन

दलित ५ जना
शान्ती विक
रुपा विक
सीता मिजार
आशा विक
विष्णुमाया परियार

मधेसी ५ जना
विमलेन्द्र निधी
नागिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल

थारु २ जना
कल्पना चौधरी
विनाकुमारी थनेत

मुस्लिम १ जना
जावेदा खातुन