April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

समानुपातिकतर्फ एक करोड चार लाख मत गणना सकियोः एमालेलाई भेट्न कांग्रेसलाई मुस्किल

1.5K

काठमाडौं । प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार शनिबार बिहान ८ बजेसम्ममा एक करोड चार लाख ३ हजार ९४२ मत गणना भएको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार शनिबार बिहान ८ बजेसम्ममा एक करोड चार लाख ३ हजार ९४२ मत गणना भएको छ । मतगणनामा नेकपा एमाले पहिलो स्थानमा छ । एमाले २७ लाख ८३ हजार ०८५ मत प्राप्त गरी पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेसले २६ लाख ५२ हजार २९३ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६१ हजार ८७८ मत प्राप्त गरेको छ ।

Advertisement

आयोगको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २२ हजार ९६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २५१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४२, जनमत पार्टीले ३ लाख ९४ हजार ३८४, नेकपा ९एकीकृत समाजवादी०ले २ लाख ९४ हजार ९३ नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७९, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४९ हाम्रो नेपाली पार्टीले ५५ हजार ६०८, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ६३८ मत, राष्ट्रिय जनमोर्चाले ४६ हजार ३७३ मत प्राप्त गरेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुल ४७ दलले सहभागिता जनाएका थिए ।